top of page

'नोट चल्ने भोट नचल्ने' अभियान।

Updated: Aug 27, 2021

'नोट चल्ने भोट नचल्ने' अभियान अन्तर्गत हिजो (२०७८/४/२१) दलका संयोजक कर्मा लामा तामाङ, प्रवक्ता विजय बाबु शिवाकोटी तथा यस अभियानलाई लामो समयदेखि नेतृत्व दिइरहनु भएका आशीष राई निर्वाचन आयोगमा गई प्रमुख आयुक्त दिनेश प्रसाद थपलिया तथा विभिन्न कर्मचारीहरूसँग भेटी विदेशमा बस्नेको भोट सुनिश्चित गर्न सर्वोच्च अदालतले करिब तिन वर्ष अगाडि गरेको फैसलामा भएको प्रगतिको बारेमा बुझ्यौँ ।

प्रमुख आयुक्त थपलियालाई यस विषयमा आयोगको तर्फबाट गर्नुपर्ने काम तदारुकताका साथ अगाडि बढाउन ज्ञापन पत्र बुझाउनुका साथै यसमा भएको प्रगतिको सम्बन्धमा थप बुझ्नको लागि आयोगले अहिलेसम्म गरेका कामको विवरण तथा तयार पारेका प्रतिवेदनहरू पनि सूचनाको हक प्रयोग गरी माग गरेका छौँ । आयोगको ठाउँबाट र त्यसपछि सरकार र संसदको ठाउँबाट धेरै काम गर्न बाँकी रहेको हाम्रो निष्कर्ष रह्यो ।

मतदाताको विवरण संकलन आदि कामलाई थप प्रभावकारी बनाउनको लागि गर्नुपर्ने कामको विषयमा पनि हामीले सल्लाह सुझाव दियौँ ।


हामी सँग जोडिन Bit.ly/bibekregister


कुनै जिज्ञासा भए सिधै सम्पर्क गर्नु होला: बिशाल बिक्रम निरौला - ९८४१२३७६०० अमृत बिष्ट - ९८४१३८३२५५ अजीता राई - ९८०१०२१५५८




15 views0 comments

Recent Posts

See All
bottom of page